भोजपुरमा नेपाली कांग्रेसका युवा नेताहरुको पहलमा स्वास्थ्य सामग्री हस्तानतरण

भोजपुुर । भोजपुरमा युवा नेताहरुको पहलमा स्वास्थ्य सामग्री हस्तानतरण गरिएको छ । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र राई, नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव चक्र बहादुर कार्की, महादिवेशन प्रतिनिधि टंक पाण्डे, क्षेत्रिय सभापति पुष्प वैधे र प्रदेश सभाका प्रत्यासी उमेद्वार गोविन्द बहादुर कार्कीको संयुक्त पहलमा राज्यको एक द्वार प्रनाली अन्तरगत भाजपुरको ट्याम्केमैयुङ्ग गाउँपालिकाका सवै वडा र भोजपुर नगरपालिकाको वडा नं. ३, ४ र १० मा स्वास्थ्य सामग्री हस्तानतरण गरिएको हो ।
मंगलवार एक कार्यक्रमका विच ट्याम्केमैयुङ्ग गाउँपालिकाको केन्द्र अन्नपुर्णमा ट्याम्केमैयुङ्ग गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पुर्ण कुमार राई र स्वास्थ्य चौकीका अहेव सन्जु कार्कीलाई एकमुष्ट रुपमा स्वास्य सामग्री हस्तानतरण गरिएको हो ।
ट्याम्केमैयुङ्ग गाउँपालिकाका सवै वडाका लागि अक्सीजन कन्सन्टेटर ४ थान, अक्सीजन सीलिन्डर ५ थान, प्लस ओक्सीमेटर १० थान, सर्जीकल माक्स ६ हजार थान, एन नाईन्टिन पाईभ माक्स १ हजार ५ सय, ग्लोभस् ६ सय थान, गावन सेट ७ सय थान, सेनीटाईजर ५० लिटर, फेस सील्ड ३ सय थान र इनफ्ररेड थर्मोमिटर ४ थान हस्तानतण गरेको नेपाली कांग्रेसका युवा नेता राजेन्द्र राईले जानकारी दिए ।
यता भोजपुर नगरपालिका वडा नं. ३ र ४ मा भने सर्जीकल माक्स १ हजार थान, एन नाईन्टिन फाईभ माक्स ३ सय थान ग्लोभ्स ५ सय थान, गाउन सेट १ सय १० थान, सेनस्टाईजर २० लिटर, फेस सिल्ड १ सय थान, थर्मल गन १ थान, थर्मोमिटर १० थान र अक्सीजन सिलिन्डर ४ थान वडा अध्यक्ष कमल थुलुङ, प्रेम बहादुर भण्डारी र स्वास्थ्यका प्रतिनिधिलाई हस्तानतरण गरिएको महादिवेशन प्रतिनिधि टंक पाण्डेले जानकारी दिए ।
यसै गरी भोजपुर नगरपालिका वडा नं १० मा अक्सीजन कन्सलटेटर १ थान, पीपीई सेट २ सय थान, सर्जीकाल माक्स १ हजार थान, एन नाईन्टिन फाईभ माक्स ३ सय थान, फेस सिल्ड १ सय थान, सेनीटाईजर १० लिटर, पल्स मिटर ५ थान, अमु व्याग २ थान, ग्लोभ्स २ सय थान लगायतको स्वास्थ्य सामग्री वडाका वडा अध्यक्ष सुविन राई र स्वास्थ्यकर्मीलाई हतानतरण गरिएको नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सचिव चक्र कार्कीले जानकारी दिए ।
स्वास्थ्य सामग्री हस्तानतरण कार्यक्रमामा नेपाली कांग्रेसका सभापति नन्दमणी राई, प्रदेश सभा सदस्य प्रत्यासी उमेद्वार गोविन्द कार्की, महासमिति सदस्य हेमन्त मुकारुङ, महादिवेशन प्रतिनिधि रोहित विक, नेपाली कांग्रेसका नेता नारायण राउत, जिल्ला सचिव चक्र कार्की, क्षेत्रिय सभापति पुष्प वैधे, महादिवेशन प्रतिनिधि टंक पाण्डे, युवा नेता राजेन्द्र राई लगायतको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तानतरण गरिएको हो । उक्त स्वास्थ्य सामग्री युवा नेताहरुको पहलमा सम्वन्धित मन्त्रालयबाट उपलब्ध गराईएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार