११ जिल्लाका सीडीओ हेरफेर, गृह मन्त्रालयका १६ कर्मचारीहरुको सरुवा

काठमाडौँ । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०हेरफेर गरेको छ । गृह मन्त्रालयले हाल मन्त्रालयमा कार्यरत २ सह–सचिव र ५ उप–सचिवसहित १६ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

गृहले सह–सचिव कमलराज ढकाललाई भोजपुर र सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । त्यस्तै कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन् ।

डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई पनि गृह मन्त्रालयमा तानिएको छ । टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडीओ बनाएर पठाइएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाइएको छ । त्यस्तै, लमजुङमा सुशिल वैद्य, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जिवी राना, रसुवामा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेल, डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाल गृह मन्त्रालय तानिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार