माधव नेपाललाई धोका दिएको परिणाम भोग्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, दिउँसो विश्वासको मत गुमाउँदै

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछिन् । उनले दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिन लागेकी हुन् ।

यसअघि गत कार्तिक ४ गते बसेको बैठकमा मतदान गर्ने कार्यक्रम थाँती राखेर अन्य प्रक्रियाहरु पूरा गरिएका थिए । उनीसँगै उनको दल नेकपा एमालेले आग्रह गरे बमोजिम बैठक पछाडि सारिएको थियो । एमालेको वडा अधिवेशन र पालिका अधिवेशनका कारण बैठक सार्न गरिएको आग्रहलाई सभामुखले स्वीकार गरेका थिए ।

गत कार्तिक ४ गते मुख्यमतीको विशवासको मत सम्बन्धी प्रस्तावलाई टेबुल गरिएको थियो । शाक्यसँग विश्वासको मत नभए पनि उनले एक साता आफ्नो कार्यकाल लम्ब्याएकी छिन् ।

बुधबार दिउँसो १ बजेपछि प्रदेशसभामा मतदान प्रक्रिया अगाडि बढ्ने छ । विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमाले सरकार बागमती प्रदेशमा ढल्नेछ । त्यसपछि भने बाँकी रहेको कार्यकाल पहिलो आधा समय नेकपा एकीकृत समाजवादी र त्यसपछि नेपाली कांग्रेसले सम्हाल्ने सहमति भएको छ ।

पहिलो कार्यकाल नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । प्रदेशसभामा हाल एमालेका ४३ सांसद छन् । विपक्षी गठबन्धनमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एसका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।

गठबन्धन बाहेकका विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९९राप्रपा० का २ जना सांसद छन् ।

शाक्य मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने भए पनि त्यो समय भने दशैं अगाडि नै गुज्रिसकेको छ ।
धोकाको परिणाम
लामो समयदेखि नेकपा एमालेमा रहँदा माधवकुमार नेपालको पक्षमा रहेर राजनीति गर्दै पार्टी उपाध्यक्ष भएकी शाक्यले अन्तिम समयमा आएर नेपालको साथ छाडेकी थिइन् ।

उनले नेपाललाई छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै मुख्यमन्त्री भइन् । तर नेपाल पक्षले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी खडा गर्यो । र अहिले विपक्षी गठबन्धनमा मजबुद भएर सत्ता सम्हाल्दैछ ।

यो अवसर शाक्यले नै पाउने थिइन् । किनकि उनलाई पहिले प्रतिनिधिसभा भन्दा प्रदेशसभामा चुनावमा लडाउनुको एकमात्र उद्धेश्य बागमतीको मुख्यमन्त्री नै बनाउनु थियो ।

तर भाग्यले कसलाई कहाँ पुर्याउँछ भनेझैं उनले बाटो बिराउँदा पहिलो महिला मुख्यमन्त्री त भइन् तर छोटो समयका लागि । जसले उनको एमालेभित्रको अबको भविष्य के हुन्छ भन्नेसमेत अन्योल छ ।

किनकि एमालेमा नै रहेका माधव नेपाललाई छाडेका १० नेताको भविष्यमाथि ओलीले खेलबाड गरिरहेको आरोप लागिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार