समयमा नै तीनै तहको निर्वाचन गर्न आयोग तयार छ : प्रमुख आयुक्त थपलीया

भोजपुर । समयमा नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले बताएका छन् । निर्वाचन आयोगले गरिरहेको मतदाता नामवली संकलनको अनुगमन गर्न भोजपुर आइपुगेका थपलीयाले आयोग निर्वाचन गर्न तयार भएको बताएका हुन् । अघिल्लो निर्वाचनको समय अबधि जेठ ५ गते राती १२ वजेबाट सकिने भएकाले समयमा नै निर्वाचन गराउन पुष २२ भित्रमा मिति तोकिसक्नु पर्ने उनले बताएका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय भोजपुरमा राजनीतिदका प्रतिनीधि र पत्रकारहरुसंग कुरा गर्दै निर्वाचनको मिति तोकेपछि मतदाता नामवली गर्न नपाईने भएकाले नामवली संकलन कार्य सवै जिल्लामा सूरु भईसकेको र संकलनमा कोहि पनि नछुट्ना आग्रह समेत गरेका छन् । कामको शिलशिलामा आफ्नो जिल्ला बाहिर भएकाले पनि नामवली संकलन गराउन सक्ने बताएका छन् ।
भोजपुरमा राजनीतिदलले निर्वाचन धादली रहित बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । अघिल्लो निर्वाचनमा मत पत्र च्यात्ने काम भएकाके र च्यात्नेलाई कुनै कानुनको दायरामा नल्याएको प्रति आपत्ती जनाउदै त्यस्ता हर्कत गर्नेलाई कडा भन्दा कडा सजाय दिने कानुन बनाउन समेत आग्रह गरेका छन् ।
अव हुने तीनै तहको नीर्वाचनमा भिडियोलाईजको व्यावस्था आयोगले गरेको बताउदै निवार्चन धादली रहित बनाउने आयुक्त दिनेश कुमार थपलीयाले बताए । स्थानीयहरुले तीनै तहको निर्वाचन एकै समयमा गर्न समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार