वैशाख २० गतेभित्रै स्थानीय तहको निर्वाचन गर्न तयार छौं : प्रमुख आयुक्त थपलिया

बनेपा । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाखभित्र निर्वाचन गर्न आयोग गम्भीर रहेको उनको भनाइ छ ।

काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने पनि बताए ।

त्यसपछि २०७९ फागुनभित्र प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको प्रमुख आयुक्त थपलियाले बताए ।

उनले आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार