नेपाल पत्रकार महासंघलाई ईश्वर मन्दिर संस्थाले गर्यो स्र्माट टि.भी. र हेडफोन हस्तानतरण

भोजपुर । ईश्वर मन्दिर संस्था काठ्माडौले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुलाई १ थान स्मार्ट टि.भी. र ८ थान र हेडफोन हस्तानतरण गरेको छ । संस्थाका संरक्षक तथा पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइराले पत्रकार महमसंघलाई उक्त टि.भी र हेडफोन हस्तानतरण गरेका हुन् । भोजपुरका दुर्गममा रहेका विद्यालयहरुलाई इ–लर्निङ्ग सेन्टर स्थापनाका कम्प्युटर तथा स्मार्ट टि.भी. वितरण गर्दै भोजपुर आईपुगेका हुन् ।
संस्थाले पूर्वअर्थमन्त्री कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँले विगत केही वर्षबाट विद्यालयहरू इ–लर्निङ्ग सेन्टर स्थापनाका लागि सहयोग गर्दै आइरहेको छ । भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिकाको वडा नम्बर ७ मा रहेको अरुण माध्यमिक विद्यालयमा समेत ईश्वर मन्दिरको सहयोगमा इ–लर्निङ्ग सेन्टरको शुभारम्भ भएको छ । संस्थाले विद्यालयका लागि २० थान कम्प्युटर र १ थान स्मार्ट टेलिभिजन सहयोग गरेसँगै विद्यालयमा इ–लर्निङ्ग सेन्टर स्थापना भएको हो ।
सो क्रममा ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले आजको समयमा कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालयहरुमा कम्प्युटर वितरण गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार