आफ्नो स्थापना दिवसको अवसरमा नेवी संघ भोजपुरले गर्यो रक्तदान र फलफुल वितरण

भोजपुर । आफ्नो स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति भोजपुरले रक्तदान र फलफुल वितरण गरेको छ ।
संघको ५३ औँ वार्षीक उत्सवको अवशरमा जिल्ला अस्पताल भोजपुरका विरामीहरुलाई फलफुल वितरण र रक्तदान गरेको हो ।

नेपाल विद्यार्थी संघले विद्यार्थीहरुको हक,अधिकार, विगतमा पञ्चायत, राणा शासनका विरुद्धमा संघले खेलेको भूमीका, शैक्षिक, आर्थीक तथा राजनैतीक क्रान्तीमा पुर्याएको योग्दानलाई सम्झीदै स्थापना दिवशको अवशरमा कार्यक्रम आयोजना गरेको नेवि संघ जिल्ला सभापती टार्जन राईले बताए ।
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझी, नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति विनोद वान्तवा र तरुणदल केन्द्रिय पुर्व उपाध्यक्ष उत्तम चापागाईको उपस्थितीमा विरामीहरुलाई फलफुल वितरण र रक्तदान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार