भोजपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

भोजपुर । भोजपुरका नौ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन लक्षित गरेर कार्यालय स्थापना गरिएको हो ।

उद्घाटन कार्यक्रम मार्फत निर्वाचनलाई स्वाच्छ, निश्पक्ष, पारदर्शी र भएरहित वातावरणमा सम्पन्न गराउने विषयमा यहाँका स्थानीय राजनितिक दल तथा जनप्रतिनिधिहरुसँग छलफलसमेत गरिएको छ । आज नै जिल्लाका सवै स्थानीय तहमा कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार