धादिङमा कार र बस ठोक्किँदा पाँच जनाको मृत्यु

काठमाडौँ । धादिङको थाक्रेमा बस र कार जुधेर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको जुङ्गेखोलामा बस र कार ठोक्किएका हुन् ।

काठमाडौँबाट धादिङका लागि गुडिरहेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशातर्फ गुडिरहेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा कारमा रहेका सबैको मृत्यु भएको हो । दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेतसहित भारत उत्तरप्रदेशका ४० वर्षीय विमल अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते उनीहरूको उपचारक्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार