भोजपुरमा एमालेसँग तालमेल गरेका तीन उम्मेदवार माओवादीबाट निष्कासित

भोजपुर १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो।

निष्कासित हुनेमा भोजपुर नगरपालिका -११, आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका -९ का शेखर तामाङ र षडानन्द नगरपालिका- १३ का ओम कुमार श्रेष्ठ रहेका छन्प्र तिगमन विरोधी गठबन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै बाहिरी दलको चुनाव चिह्न लिई मनोनयन दर्ता गरेको हुँदा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको पार्टी ले जनाएको छ ।

माओवादीले जिल्लाका अन्य स्थानमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएकाहरुलाई पनि तत्काल उम्मेदवारी फिर्ता लिई पार्टीको नियमित काममा फर्किन निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार