वैशाख ३१, भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर नं. १ मा नेपाली काँग्रेसका गणेश बुढाथोकी विजयी भएका छन् । काँग्रेसका बुढाथोकीले ३७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत मात्रै ल्याएका छन् । यस्तै वडासदस्यहरुमा एमालेका १ र नेपाली काँग्रेसका ३ जना निर्वाचित भएको साल्पा सिलिछो गाउँपालिकाका सुचना अधिकारी सरिता राईले जानकारी दिइन् ।
यसै गरी भोजपुर नगरपालिका वडा नं. १ वडा अध्यक्षमा माओवादी केन्द्रका जिरामणी राई बिजय भएका छन् ।