नेपाल लाईफ इन्स्योरेन्सले गर्यो व्यावसाय सम्योजक र एजेन्सी म्यानेजरहरुलाई सम्मान

भोजपुर । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा भोजपुरले व्यावसाय सम्योजक र एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । शनीवार भोजपुरको भिन्तुना होटलमा भएको अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रमबाट व्यावसाय संयोजक ३० जना र एजेन्सी म्यानेजर २० जना गरी ५० जनालाई सम्मान गरेको नेपाल लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरका प्रमुख दिपक बस्नेतले बताए ।

एजेन्सी म्यानेजर मा सवैभन्दा बढी प्रथम विमा शुल्क बुझाउने पुष्प बस्नेत एक करोड ५५ लाख अनिल बस्नेत एक करोड ४४ लाख लगायत तारानाथ पराजुली, कमला सुवेदी, राम देवि राई, लगिमा शेर्पा, खोमराज धमला, सन्तोस खड्का लगायतका एजेन्सी म्यानेजरहरुलाई सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरेको बस्नेतले बताए ।

कार्यक्रममा गत आर्थिक वर्षको व्यावसायमा भोजपुर उपशाखा पुर्वाञ्चलको दोस्रो भएकाले उक्त उपशाखाका प्रमुख दिपक बस्नेत र कविन्द्र श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नै सम्मान समेत गरिएको थियो । कार्यक्रममा १ प्रदेश प्रमुख अमरेन्द्र कुमार कर्ण र सिनियर एजियम दिगविजेस सिंनलको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार