जिल्ला समन्वय समिति भोजपुरको प्रमुख सहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको प्रमुख सहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति भोजपुरको नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा प्रमुख पदमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका कमल थुलुङ्ग राइ र उपप्रमुखमा गठबन्धन दलको तर्फबाट मओवादी केन्द्रबाट अनिशा खड्का सहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो ।

नेकपा एमालेका उमेद्वार विष्णुकुमार राईलाई थुलुङ्गले र ५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उपप्रमुखमा अनिशा खड्का ५ मतान्तरले विजयी भएकी हुन् ।

यस्तै सदस्यहरुमा दलित वा अल्पसंख्यक सदस्य लादिकी शेर्पा, महिला सदस्य गोमादेबी राई नेकपा माओवादी केन्द्रबाट, सदस्य जीवन किराँती राई र सदस्य चन्द्रकुमार राई जनता समाजवादी पार्टी नेपाल, सदस्य दीर्घकुमारी कार्की, विनोद मगर नेपाली कांग्रेस महिला सदस्य राधिका तामाङ नेपाली कांग्रेस (नेकपा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् ।

जिससका लागि जम्मा १७ मत खसेको थियो । जिल्ला समन्वय समितिको निर्वाजनमा जम्मा १८ जनाले मतदान गर्न पाउने भए पनि एक जना स्वतन्त्र उमेद्वारले भने मत लगाएनन् । मत नलगाउनेमा साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुले मत नलगाएका हुन । उनी जिल्ला भन्दा बहिर रहेको पाइएको छ । भोजपुरमा २ नगरपालिका र ७ गाउँपालिका गरि ९ वटा स्थानीय तह छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार