टेम्केमैयुङ गाउँपालिकाले खाने तेलमा आत्मानिरभर बनाउँदै कृषि र पर्यटनमा केन्द्रित बजेट ल्याउदै

भोजपुर । भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउँपालिकाले कृषिलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी गरेको छ । पालिकाले आर्थिक वर्ष २०७९÷०८० सालको बजेटमा खानेतेललाई अत्मानिभर बनाउन तोरी, सर्सीउ र युर्यमुखीको पकेट क्षेत्र बनाउने गरी बजेट ल्याउन लागेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

बजेटमा कृषि र पर्यटनलाई प्रथामिक्तामा राखेर बजेट ल्याउने तयारी भएको बताए । मूख्य गरी खाने तेलको मूल्य आकासिएको वेला गाउँपालिका बासीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो योजना अगाडी सारेको हो ।

भान्साका लागि आवश्यक बस्तु बाहिराबाट आयत गर्नु पर्ने बाध्यता हटाउन र पालिकाका जनतालाई स्वारोजगार बनाउँन तेलको पकेट क्षेत्र संगै एक घर एक करेसाबारी कार्यक्रम संचालन गर्ने अध्यक्ष बस्नेतले बताए ।

पालिकामा खाने तेल, लसुन, प्याज, टमटर र मसला जन्य बस्तुहरु पालिका भन्दा बाहिराबाट आयत गर्नु पर्ने बाध्यता रहेको र बताउदै एक घर एक करेसाबारी कार्यक्रमले आत्मनिर्भ बनाउदै आयआर्जनको माध्यम सिर्जना गर्ने उनको भनाई छ ।

अवको आर्थिक क्रान्ती भनेको कृषिबाट मात्र सम्भव भएको बताउदै उनले पालिकालाई मुख्य आयआर्जनको माध्यम कृषि बनाउने समेत बताएका छन् ।

गाउँपालिकाले कृषि पछि पर्यटनलाई प्रथामिक्तामा राख्ने भएको छ । टेम्केमैयुङ गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएका कारण पर्यटनलाई आर्यआर्जनमा जोड्न पर्यटनलाई प्राथामिक्तामा राखी बजेट ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार