माटो जोगाऔँ अभियानमा दौडदै भोजपुर आइपुगे नविन पुन

भोजपुर । माटो जोगाऔँ अभियानमा दौडदै नविन पुन मगर भोजपुर आईपुगेका छन् । पर्वत जिल्लाका पुन माटो जोगाऔँ अभियानको क्रममा ३५ सय किलोमिटर दौडिने लक्षका साथ निक्लेका उनी विभिन्न जिल्लाहरुमा सचेतना मुलक कार्यक्रम गर्दै १३ सय किलोमिटर डौडेर शुक्रबार भोजपुर आईपुगेका हुन ।

विषाधि प्रयोगका कारण माटोको आयु सकिन लागेको भन्दै माटो जोगाऔँ अभियान माफत उनी नेपाल दौडाहमा निस्केका हुन् । उनी प्रत्येक जिल्लामा दौडेर पुग्नेछन् । भोजपुर आईपुगेका पुनले शनीवार किरातइन होटलमा रिमाचुङ एकेडेमीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा माटोमा जैविक पदाथ अभावका कारण माटोको आयु सकिन लागेको बताए ।

माटोको उर्वरा रहुनजेल मानव शरिर रहने र माटोको उर्वरा सकिनसाथ खान अभावका कारण मानिसको अस्तित्व संकटमा पर्ने भएकाले वेलैमा माटोको जैविक पदार्थ जोगाउन तर्फ सवै लाग्नु पर्ने उनको भनाई छ ।

आधुनिक्ताका नाममा माटोमा विषाधि प्रयोग गरी माटोमा हुने जैविक पदार्थ नष्ट हुने भएकाले माटो मरुभुमीकरण भएको नविन पुन मगरले बताए । स्वास्थ्य माटो हुनलाई कम्तीमा ३ प्रतिशत जैविक पदार्थ हुनु पर्ने बताउँदै उनले आर्गनिक खेती तर्फ उन्मुख हुन आग्रह गरेका छन् । यसलाई आर्थिक संकट नआउनेगरी क्रमीक रुपमा आर्गनिक खेती तफ जानु पर्ने बताए ।

मुख्य गरी स्थानीय, प्रदेश र केन्द्रिय सरकारले निती बनाएर लागु गर्नु पर्ने समेत बताए । उनले राजनीतिक युद्धका कारण यति ठुलो भयबह भएको बताउदै माटो मरुभुमीकरण हुदा भोली खानाका लागी बन्दुक उठाउँनु बाध्य हुने औल्याएका छन् । खानका लागि बन्दुक उठाउदा सवैभन्दा वढि भयवह हुने उनको भनाई छ ।

उनले आफ्नो अभियानलाई सवैले सकारत्मक र अत्यन्त आवश्यक अभियान भएको भन्दै यो तर्फ सवैले आ आफ्नो क्षेत्रबाट अभियानलाई अगाडी बढाउने आश्वसन दिएका बताउदै अभियानलाई विश्वले नै आवश्यक ठानी नियाली रहेको बताए । अभियानमा उनी संगै तीन जना समावेश रहेका छन् ।

उनीहरुको कुनै आर्थिक सहयोगका लागि कुनै दात्री निकाय नभएकोले स्वाइच्छाले दिएको लिने बताए । उनीहरुको अभियानलाई भोजपुर उद्योग बाण्ज्यि संघ र भोजपुर फुटबल संघले अर्थिक सहयोग समेत गेरेका छन् भने रिमाचुङ स्पोट्स एकेडेमीले मायाको चिना समेत वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार