तल्लो अरुण जलविद्युतबाट प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन टेम्केमैयुङको माग

भोजपुर । तल्लो अरुण जलविद्युत आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाले प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन माग गरेको छ ।

६ सय उनान्असी मेघावट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित पार्ने भएको हुँदा टेम्केमैयुङ गाउँपालिकाको पाउनुपर्ने सुविधा माग गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत ध्यानकार्षण गराउन प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालालाई माग पत्र बुझाएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सारोज बस्नेतले बताए ।

अध्यक्ष बस्नेत द्धारा हस्तक्षेरित माग पत्रमा पालिकाका प्रत्येक घर धुरीलाई दुई हजारका दरले शेयर कित्ता दिनु पर्ने, ट्रान्समिसन टावार रहने ठाउँमा ७ रोपनी प्रभावित क्षेत्र कायम गरी उचित मुआब्जा उपलब्ध राराउनु पर्ने, ट्रान्समिसन टावार मुनी पर्ने घर तथा चौडा जग्गा प्रभावित ८० मिटर सम्म प्रभावित क्षेत्र कायम गरी उचित मुआब्जा उपलब्ध गराउनु पर्ने माग राखेको छ ।

नेपालको सय गन्तब्य भित्र पर्ने मुन्धुम पदमार्ग, अन्य पर्यटकीय क्षेत्रहरुलाई प्रत्यक्ष प्रभावित पारेको र ट्रान्समिसन लाईनले पालिकाको केन्द्र हुदै खेति योग्य उर्वर भुमी साथै मध्यपहाडी राजमार्ग आसपासका जग्गाहरु प्रभावित हुने भएकाले अन्य पालिकाहरु भन्दा टेम्केमैयुङ गाउँपालिकाले मुआब्जा माग गर्न उचित रहेको अध्यक्ष बस्नेतले मागपत्रमार्फत भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार