कर्तव्य गरी ६० वर्षका बृद्धको हत्या गर्ने भोजपुर देउरालीका २४ वर्षिय तामाङ पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य गरी ज्यान मार्ने एक जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका वडा नं. ६ देउराली नजिकै रहेको ओडारे खोल्सा छेउमा भोजपुर नगरपालिका वडा नं. ८ पोखरे बस्ने वर्ष ६० का सूर्य बहादुर खत्रीलाई कर्तव्य गरी ज्यान मार्ने भोजपुर नगरपालिका वडा नं. ६ देउरालीका वर्ष २५ का विवेक तामाङ पक्राउ परेका छन् ।

६० वर्षिय खत्रीलाई टाउँको तथा अनुहारको बिभिन्न भागमा ढुंगाले हानी कर्तव्य गरि मारेको भन्ने खबर पाए पछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

तामाङलाई उनको घरबाटै पक्राउ गरिएको हो । शनीवार विहान स्थानीयले खत्री मरिरहेको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

शनीवार तामाङलाई पक्राउ गरी थप अनुशन्धान थालीएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक अर्जुन कुमार अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार