खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

जिल्लास्थित कान्तिपुर संवाददाताका अनुसार खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार