पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घूससहित पक्राउ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले पर्यटन व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार