टेम्केमैयुङ गाउँपालिकामा लामो समय देखि स्थगित भएको सप्तमी बजार पुनः सुचारु

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा लामो समय देखि स्थगित भएको सप्तमी बजार पुनः सुचारु भएको छ । २०२२ साल तीर स्थापना भएको सप्तमी बजार टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यावस्थापन समिति गठन गरी बजार पुन सुचारु गरेको हो ।
स्थानीयले उतपादन गरेका तरकारी तथा अन्य खाद्ययन्न बजार सम्म पु¥याई स्थानीयलाई जिविको पार्जनसंगै आप्मा निर्भर बनाउने उयद्धेश्यका साथ सप्तमी बजार सुचारु गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सारोज बस्नेतले बताए । बस्नेतका अनुसार स्थानीयले उत्पादन गरेको कृषि उपजहरुलाई स्थानीय स्तरमा खपत नभएको बाहिरी बजारमा जाने गरी गाउँपालिकाले अनुसन्धान थालेको छ ।

कृषि क्षेत्रमा पालिकालाई कृषिमा आत्मा निर्भर बनाउँने बताउदै बस्नेतले हामी विकास पुर्वधारलाई मात्र मान्छौँ तर पुर्वधार मात्र विकास हैन अहिले बनेका सडकमा हामिले स्थानीलाई गाडी चढ्ने हैसियत राखेनन् विद्युत आयो तर विद्युुतको महशुल तिर्न सकनन् भने त्यो पुर्वधार विकाले मात्र विकास हुदैन भन्ने लागेर टेम्केमैयुङवासीलाई कृषि क्षेत्रबाट उत्पादित बस्तुहरु विक्रि गरी आत्निभर बनाउने बताए ।

स्थानीय स्तरमा किसानहरुले उत्पादन गरेको फलफुल तरकारी खाद्ययन्न सहज तरिकाले विक्रवितरण गर्न सकुन भन्ने उदेश्यका साथ बजार पुन सुचारु गरिएको स्थानीय विष्णु कुमार राईले बताए ।

यस्तै गाउँपालिकाको तर्फबाट स्थानीयको माग अनुसार प्रत्यक्ष रुपमा किसानहरुलाई सहज, र किसानको जिवन स्तर उक्सीने महशुस गरी बजार सुरु गएिको स्थानीय रविकुमार राईले बताए ।

यता ७ वर्ष अघि बन्द भएको बजार कृषि सामग्री विक्रि वितरणसंगै व्यापारिक संस्कार वृद्धि गर्न र बजारमा उपस्थित हुने सवै संग भाईचारा र हरेक कुरा आदन प्रदान हुने भएकाले पनि बजार पुन पुरु गरिएको स्थानीय गोविन्द मुकारुङले बताए ।

आजाबाट सुरु भएको बजा महिनाको प्रत्येक सत्तमि तिथकिो दिन लाग्ने बजार व्यावस्थापन समितिका अध्यक्ष जिबन राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार