नेपाल शिक्षक संघ भोजपुरको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

भोजपुर । नेपाल शिक्षक संघ नगर कार्य समिति भोजपुरले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न् भएको छ । भोजपुर नगरपालिकाको वैठक कक्षामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेस प्रदेश समिति सदस्य कैलाश कुमार आलेले आज सम्म जति शैक्षिक परिवर्तन भएको छ त्यो सवै कांग्रैसकै नेत्रित्वमा भएको बताएका छन् ।

नेपाली कांग्रेसको नेत्रित्वले गरेको शैक्षिक परिवर्तनलाई आत्मासाथ गर्दै निर्धक्क भएर शैक्षिक क्षेत्रको परिवर्तनका लागि शिक्षक संघ लाग्नु पर्ने बताए ।

नेपाल शिक्षक संघ भोजपुर नगर कार्य समितिले नगरपालिका संगै अन्य पालिकाहरुमा पनि शुभकामना आदनप्रदान तथा चियापान गर्ने निर्ण गरेको र पालिकामा रहेको कार्य समितिहरुलाई पत्रचार गरी चियापान गर्ने संघले जनाएको छ ।

नेपालीहरुको महान पर्व बडा दशै, शुभदिपावाली छैठ पर्वको शुभकामना आदन प्रदान गरेका थिए । कार्यक्रमलाई नेपाली कांग्रेस प्रदेश समिति सदस्य कैलाश कुमार आले महादिवेशन प्रतिनिधि शत्तिराज राई, प्रजातन्त्रबादी प्रध्यापक संघका सभापति वेनु बहादुर कार्की, नेपाल शिक्षक संघ भोजपुरका उपाध्यक्ष प्रमिला कार्की  नेपाल महिला संघको तर्फबाट पुष्पलता कटुवाले कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

कार्यक्रममा अवकास प्राप्त शिक्षकलाई सम्मान तथा आन्तरिक प्रतिश्पर्धाबाट बढुवा भएका शिक्षकहरुलाई बधाई तथा सम्मान र अन्य संगठनबाट संघमा प्रवेश गर्ने शिक्षकहरुलाई स्वागत कार्यक्रम गरिएको थियो । राजेन्द्र श्रेष्ठको अध्याक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार