निर्वाचनमा विजयी गराएर पठाउनुस, घोडेटारबाट नागरिक्ता प्रदान गर्ने जिम्मा हाम्रो : विनोद वान्तावा

भोजपुर । मंसीर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धनलाई विजयी गरेर पाठाए घोडेटारबाट नागरिक्ता प्रदान गर्ने प्रदेश सभा सदस्य क्षेत्र नं. (ख) का उमेद्वार विनोद वान्तावाले बताएका छन्

गठबन्धनको चुनावी घरदैलो अभियानलाई सम्वोधन गर्दै वान्तावाले दक्षिणी क्षेत्रका जनताहरुले नागरिक्ता लिन जिल्ला धाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै घोडेटारमा इलाका प्रशासन कार्यालय स्थापना गरी नागरिक्ता लिन जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन् ।

सम्बोधन गर्दै उनले भने “हामी मत माग्न मात्र आएका हैनौ हाम्र गरिवी, दुख, समस्या, स्वास्थ्य, शिक्षा खानेपानी र सडकमा भएको समस्याको चिन्तन गर्दै त्यस्ता थुप्रै समस्याहरु समाधानका निमित्त आएका हौ ।”

रोजगारीको अभावमा विदेशिन बाध्य सयौँ युवा युवाती नेपालमा नैहरुलाई रोजगारी सृजना गरी विकास र समृद्धिको ढोका खेली समृद्ध नेपाल निमार्णणमा बाम लोकतान्त्रिक गठबन्धन लाग्ने वान्तावाले भनाई छ ।

बान्तावाले बाम लोकतान्त्रिक गठबन्धनका सम्पुर्ण उमेद्वारहरुलाई मत दिएर विजयी गराउन समेत नेता तथा कार्यकतालाई आग्रह गरेका छन् ।।https://www.youtube.com/watch?v=tZP7ydaitdQ&t=5s

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार