सुदन अबको प्रभावशाली मन्त्री हो : प्रचण्ड

भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदन किराती प्रभावशाली मन्त्री बन्ने बताएका छन् । किरातीलाई यस अघि नै मन्त्री बनाउन खोजे पनि बनाउन सकिन यो पटक भने उनैले छानेको मन्त्रालय दिने सामेत दाहालले बताएका छन् । प्रचण्डले भोजपुरको पौवादुम्मा गाउपालिका ३ तिवारीभञ्ज्याङमा आयोजित चुनावि सभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।

गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न भोजपुर आईपुगेका अध्यक्ष प्रचण्डले किराति संगै गठबन्धनका उमेद्वारलाई जिताए पठाउन आग्रह गरेका छन् । अघिल्लो पटक आफुले चाहेरपनि मन्त्रि वनाउन नसकेकाले यसपटक सुदन किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताए । अध्यक्ष प्रचण्डले भने ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ ।

गठबन्धन चुनावको निम्ती नभई प्रतिगमनकारी, राजतन्त्रबादी, सामन्तबादीको बिरुद्धमा गठबन्धन भएको स्पष्ट पारे । भोजपुरमा भौतिक पुर्वधार विकास, कृषि, शिक्षा खानेपानी, स्वास्थ्य रोजगारीको सृजना गर्न गठबन्धनको सरकार लाग्ने समेत बताएका छन् । भोजपुरमा गठबन्धन दलको चुनाबि सभालाई सम्बोधन गर्दै गठबन्धन पाँच बर्ष मात्र नभई १० वर्या हुदै १५ वर्ष सम्म जाने उनको भनाई छ ।

भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार छन् । किराती २०६४ र २०७४ सालका सांसद हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार