गठबन्धनको जित सुनिश्चित छ : मुख्यमन्त्री राई

भोजपुर । मंसिर ४ गते हुने निर्वाचमा भोजपुरबाट गठबन्धनको जित सुनिश्चित रहेको मुख्य मन्त्री एवम् प्रदेस सभा सदस्य प्रदेश सभा (क) का उमेद्वार राजेन्द्रकुमार राईले बताएका छन् ।

गठबन्धनका तीनै जना उमेद्वारको जित सुनिश्चित भए पछि एमाले हारको मानसिक्ता वोकेर नभएको प्रपोकाण्ड मच्याईरहेको उनले बताए । बौद्धिक, भद्र, शालिन, विकासप्रेमी र सरल जिवनशैली भएका नेताका रुपमा चिनिने राईलाई जनताले भोजपुरको विकासका लागि प्रदेश सभा (क) बाट विजयी गराई भोजपुरको विकास र समृद्धिका लागिे मतदान गरी विजयी गराउन गाउँ—गाउँ देखि टोलटोल सम्म जनता लागि परेको स्थानीयहरुले बताएका छन् ।

मुख्य मन्त्री राई छोटो समयमा भोजपुरको विकासका लागि आर्थिक वर्ष २०७९÷०८०का लागि रातो किताव र अन्य साना तथा ठुला योजना गरी ५ सय भन्दा बढि योजनामा डेढ अर्व बजेट विनियोजन गरेका छन् । करिब ४ दशकको राजनिति यात्रामा रहेका राई गणतन्त्र आन्दोलनका अगुवा हुन् ।

गणतन्त्र प्राप्तिको लागि भएको २०६२÷६३ को आन्दोलनको एक अगुवा, नायक, प्रस्तावक कुनै पनि परिचयले अहिले राई परिचित छन् । उनै राई २०७४ मा भएको संघ र प्रदेशको निर्वाचनमा भोजपुर जिल्लाको निर्वाचन क्षेत्र (क) बाट प्रदेश सभा सदस्य विजयी भएका थिए ।

हाल उनि माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिव हुन् । उनि सत्ता गठबन्धनमा रहेर २०७८ कार्तिक १६ गते प्रदेश नं. १ का मुख्यमन्त्री भएको हो । अहिले उनै मुख्यमन्त्री राई भोजपुर र प्रदेश नं. १ लाई समृद्ध बनाउने खाका सहित निर्वाचनमा होमिएका हुन् ।

उन्को भावि योजना अरुण नदिमा पक्कि पुल निर्माण गरि भोजपुरदेखि सिधै तुम्लिङटार, लेगुवा हुँदै धनकुटा, धरान देखि काठमान्डौ सम्म यात्रा गर्न सकिने काम गर्ने उनले बताए । सत्तिघाट, दिङ्ला र दिङ्ला भोजपुको सडक कालोपत्रे जस्ता ठुला योजना उनको ध्यानमा छ । अन्य भोजपर ठुला सडक हसनपुर देखि घोडेटार दिङ्ला सडक कालोपत्रे, फालिदोबाटो तुर्के सडक कालोपत्रे सम्पन्न गर्ने उन्ले बताएका छन् ।

राई मुख्यमन्त्री भएपछि भोजपुरमा धेरै ठुला बजेटहरु परेका छन् । शेरधन राई साढे तीन बर्ष मुख्यमन्त्री हुँदा साढे ११ करोड मात्र बजेट परेको सडकलाई उन्ले एकै कार्यकालमा १६ करोड, दिङ्ला–तिन्तले र तिन्तले भोजपुर सडक ८ करोड, बञ्चरे देखि देउराली सडकलाई ५ करोड र हिले भञ्ज्याङ बोया, साङपाङ सडकलाई ५ करोड जस्ता ठुला बजेट भोजपुरलाई विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार