पाँच वर्षमा अवरुद्ध भएको विकासको गतिलाई गठबन्धनले तिब्र बनाउँछ : डा. रामशरण महत

भोजपुर । नेकपा एमालेले ५ वर्ष सम्म अवरुद्ध गरेको विकासको गतिलाई गठबन्धनले तिब्र बनाउँने नेपालि काङग्रेसका प्रवक्ता तथा पुर्व परराष्टमन्त्रि डा. प्रकाशसरण महतले वताएका छन् । देश विकास र समृद्धि तर्फ लैजान गठबन्धनको सरकार आवश्यक रहेको महतले बताउदै भोजपुरको विकासका लागि मंसिर चारको निर्वाचनमा गठवन्धनका उम्मेद्धारहरुलाई जिताउनुको विकल्प नरहेको जिकिरगरे ।

वुधवार वाम लोकतान्त्रिक गठवन्धनको चुनावि सभा लाई सम्वोधन गर्न भोजपुर आएका डा. महतले वाम लोकतान्त्रिक गठवन्धनले एकअर्कालाई सहयोग गरेर गठवन्धनदलको वीनवीन आउटकम आउने वताएका छन् ।

राष्टिय राजनितिमा नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालि काङग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपाल विच विश्वास र सहकार्यमा अगाडि वढेकाले अवको पाच वर्षमा धेरै काम गरीने वताए ।

डा. हतले लोकतन्त्र र कानुनि शासनमा विश्वासगर्ने सरकारको आवश्यकता रहेको र त्यसका लागि गठवन्धनका उम्मेद्धारलाई जिताउनुपर्ने वताए । डा. महतले भने “लोकतन्त्र र कानुनि शासनमा विश्वासगर्ने सरकार आयोभने देशमा लगानि वढ्छ र उद्योग व्यवसाय रोजगारी सगसगै पुर्वाधारहरुको विकासहुन्छ यो सवै पुरा गर्नका निम्ति गठवन्धनलाई जिताउनुपर्दछ” ।

गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि ओलिजिले कुरा मात्र गरेर विताउनुभयो अव कुरागर्ने हैन कामगर्ने यो गठवन्धन भएकाले अवको पाच वर्षमा अवरुद्ध भएको विकासको गतिलाई अझ तिव्रतादिने काम गठवन्धनले गर्ने बताएका हुन् ।

एक अर्काले सहयोग गरेर गठवन्धनलाई जिताउदै मंसिर चार पछि वाम लोकतान्त्रिक गठवन्धनको वहुमत आउनेछ । त्यसका लागि कुनै द्धुविधा नराखि गठवन्धनलाई मतदान गरी विजयि गराउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार