जुम्लामा जिप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला । जुम्ला खलंगादेखि तातोपानी(८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जॉदै गरेको जिप दुर्घटना भएको छ । भे १ च २१८८ नम्बरको जिप तातोपानी(४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब २० मिटर तल खसेको छ ।
दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एक जना कार्यालय सहयोगी घाइते भएका छन् ।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, डिएसपी नरेन्द्र चन्दसहितको टोली अस्पताल पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार