भोजपुरतर्फ उडिरहेको निगमको ट्वीनअटर ‘भाइब्रेसन’ भएपछि काठमाडौं फर्कियो

भोजपुर । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन ९थर्किने० हुन थालेपछि भोजपुरतर्फ उडिरहेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ ।
१५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको एक पाइलटले बताए ।

बिहान पौने ७ बजे भोजपुरका लागि उडेको उक्त विमानमा काठमाडौं फर्किने १० यात्रु थिए । निगमको त्यो विमान ग्राउडेड भएपछि अर्को विमान नहुँदा दुवै तर्फका यात्रु अलपत्र परेका छन् । उक्त ट्वीनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार