मंसिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरको आग्रह

भोजपुर । मंसिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले आग्रह गरेका छन् । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुरक्षा व्यावस्था कडा पारिएको बताउदै मतदाताहरुलाई आताङ्कित नभई ढुक्क भएर मतदान गर्न अनुरोध गरेका हुन् ।

निर्वाचनलाई शान्तीपुर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय भोजपु्र प्रतिवद्ध रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताए ।

सुरक्षाका लागि म्यादि र प्रहरी गरी एक हजार तीन सय ९० निर्वाचनमा खटिएका छन् । भोजपुरमा पुरुष मतदाता ६४ हजार एक सय २५ र महिला मतदाता ५९ हजार दुई सय ५३ र अन्य एक गरी एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेका छन् ।

दुई अस्थायी सहित एक सय ५७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार