कांग्रेस र माओवादीले भन्यो, गठबन्धनमा हामी पूर्ण प्रतिबद्ध छौं

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक अनलाइन मिडियाले सम्प्रेषण गरेको समचारप्रति आपत्ति जनाएका छन् । चुनावी गठबनधनमा फाटो ल्याउने दुराशायले समाचार सम्प्रेण भएको भन्दै दुई पार्टीले संयुक्त व्क्तव्य जारी गरेका हुन् ।

दुई पार्टीको संयुक्त वक्तव्य भनिएको छ, ‘नेपालका प्रतिष्ठित अनलाइन मिडियासमेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच फाटो गराउने दुराशयले सामाजिक सन्जालहरुमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो ।’ पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचनको अन्तिम घडीमा आममतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आमनागरिकमा आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवारसमेतले स्थिर अवधिको मूल्य मान्यताविपरीत सामाजिक सन्जालमा सेयर गर्नु निर्वाचन अपराधसमेत हो ।’ उनीहरूले विज्ञप्तिमार्फत यस घटना संलग्नलाई कारबाही गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार