भोजपुरमा दिउसो २ बजे सम्म ३२ प्रतिशत मत खस्यो

भोजपुर । भोजपुरमा दिउसो २ बजे सम्म ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार जिल्लामा शान्ति पूर्ण रुपमा मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत न्योपानेका भनाई अनुसार भोजपुर कारागारका कैद िबन्दीले मतदान गरिसकेका छन् । मतदाता नामावलीमा नाम भएका सबै ५७ जना कैदीले मतदान गरिसकेका निर्वाचन कार्यलयका कार्यलय प्रमुख तथा निर्वाचन अधिकृत तोपलाल भुसालले बताए ।

मतदान अधिकृत समेत रहेका भुसालका अनुसार कारागार कार्यालयमा मतदाता नामावलीमा रहेका सबै कैदी र बन्दी, कर्मचारी र सुरक्षाकर्मीले मतदान गरिसके । मतदान बिहान ७ बजेदेखि सुचा? गरिएको थियो । भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ मतदाता संख्या रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार