भोजपुरमा प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका विनोद वान्तावा विजयी

भोजपुर । भोजपुर प्रदेशसभा (ख) मा गठबन्धनका यमेद्वार तथा नेपाली कांग्रेसका सभापति विनोद वान्तावा विजयि भएका छन । वान्तावाले ७ सय ५१ मतान्तर सहित प्रतिद्वन्दि नेकपा एमालेका खड्गवहादुर कार्किलाई पछि पार्दै जित हासिल गरेकाहुन् ।

वान्तावाले १३ हजार ५ सय ७९ मत ल्याउदा उनका प्रतिद्वन्दि कार्किले १२ हजार ८ सय २८ मत ल्याए । प्रदेशसभा २ मा २९ हजार ४ सय ७४ मत खसेको थियो जसमध्ये सदर मत २८ हजार ३ सय २५ र वदर १ हजार १ सय ४९ रहेकोछ । प्रदेश सभाको मत गनणा सकिए पनि आधिकारि घोषणा भने हुन बाकि छ ।

बाम किल्लाको रुपमा रहेको भोजपुरमा नेपाली कांग्रेसले ६४ वर्ष पछि चार तारे झण्डा फरफराउन सफल भएको छ ।
२०१५ साल पछिका हरेक संसदीय निर्वाचनमा उपविजेतका रुपमा चित्त बुझाएको काङ्ग्रले यसपटक भने जित हात पारेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार