भोजपुर प्रदेशसभा (क) मा राजेन्द्र राई निर्वाचित

भाेजपुर । भाेजपुर क्षेत्र नं. १ मा सत्तरुढ गठवन्धन नेकपा एकिकृत समाजवादिका राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

राईले निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकुमार राईलाई ३ हजार ८ सय ८७ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेका हुन् ।

प्रदेश एककाे मुख्यमन्त्रि समेत रहेका राईले १६ हजार ११० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी हरिवहादुर राईले १२ हजार २२३ मत ल्याउन सफल भए ।

मुख्यमन्त्रि राईले सुरुवाती मतगणना वाटै लगातार अग्रता बनाइरहेका थिए । भाेजपुर प्रदेशसभा १ मा ३२ हजार ४ सय ९ मत खसेकाेथियाे । मत गणना सकिय पनि आधिकारिक घाेषणा भने वाकि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार