भोजपुरमा रत्न जुम्बा एण्ड डान्स सेन्टर उद्धघाटन

भोजपुर । भोजपुरमा रत्न जुम्बा एण्ड डान्स सेन्टरको उद्धघाटन गरिएको छ । भोजपुर नगरपालिका ७ का वडाध्यक्ष जय बहादुर तामाङले आज एक कार्यक्रमका बीच सेन्टरको उद्धघाटन गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष तामाङले शरीर स्वस्थ राख्नका लागि नियमित व्यायाम आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले मानिसहरु पछिल्लो समय विलाशितामा रमाउन थालेकाले शारीरिक व्यायाम नगर्दा विभिन्न रोगको सिकार बन्न बाध्य हुनु परेको उल्लेख गर्नु भयो । उद्घाटन कार्यक्रममा भोजपुर नगरपालिकाका पुर्व उपमेयर ममिता राई, समाजसेवीद्धय पुष्पलता कट्वाल, तारा राई लगायतको सहभागिता रहेको थियो ।
जुम्बा एण्ड डान्स सेन्टरमा प्रत्येक दिन विहान ५ बजे देखि ६ बजे सम्म र बेलुका ५ बजे देखि ६ बजे सम्म क्लास लिइने संचालक लिला तामाङले जानकारी दिनु भएकोे छ ।
भोजपुरमा जुम्बा एण्ड डान्स सेन्टर संचालनमा आएसंगै नियमित शारिरीक व्याययाम गर्न चाहनेहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार