साल्पासिलिछो गाउँपालिकाको हिउँदे अधिवेसन सम्पन्न

भोजपुर । साल्पासिलिछो गाउँपालिकाको हिउँदे अधिवेसन तथा १२ गाउँसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न गाउँसभाबाट विभिन्न निर्णयहरु पारित गरिएको छ । गाउँसभाले आर्थिक ऐन संसोधन तथा बजेटको बाडफाँड गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक श्रोतको बृद्धिका लागि प्राकृतिक श्रोत साधन तथा परिचालनमा गाउँपालिकाको पहिलो प्राथमिकता रहनेसमेत निर्णय गरेको अध्यक्ष दौलथ कुलुङले जानकारी दिए ।

त्यस्तै गाउँसभाले गाउँपालिकाको सूचना प्रणालीलाई सहज सरल र प्रभावकारी बनाउन गाउँपालिकाको वयब साईटलाई व्यवस्थित बनाउने तथा मोबाइल एप्लिकेसन मार्फत जनता समक्ष गाउँपालिकाकाले गरेका कामको विषयमा जानकारी दिने गरी काम गर्ने भएको छ ।

त्यस्तै गाउँपालिकामा आएका सेवाग्राहीलाई सूचनाको पहुँच विस्तार गर्न स्मार्टबोर्ड जोड्ने योजनासमेत रहेको गाउँपालिका अध्यक्ष कुलुङले जानकारी दिए । ‘ हामी यो गाउँपालिकाको योजनाबद्ध विकासमा जुटेका छौँ’ अध्यक्ष राईले भने, ‘ खास गरेर यहाँका सूचना प्रविधिलाई सहज बनाउने काममा जुटेका छौँ ।

जनतालाई सहज रुपमा प्रवाहमा प्रविधिको विकासमा जोड दिने योनना छ ।’ यहाँको विद्युत् विस्तारको कामलाई चाडो सम्पन्न गराउन गाउँपालिका लागि परेको अध्यक्ष राईको भनाइ छ । विद्युत् प्राधिकरणले काममा ढिलाई गरेमा गाउँपालिकाले स्थानीयस्तरबाट विद्युत् उत्पादन गरेर भएपनि जनतालाई विद्युत्को पहुँच ल्याउने योजना रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार