भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुमुखी क्याम्पस सञ्चालन हुने

दिवस श्रेष्ठ

भोजपुर । पुवी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिकामा रहेको शारादा माध्यमिक विद्यालयमा अरुण बहुमुखी क्याम्पस सञ्चालन हुने भएको छ ।

अरुण गाउँपालिका र वडा नं. ३ को आर्थिक सहयोगमा गाउँपालिकाको केन्द्र प्याउलीमा उच्च शिक्षाका लागि बाहिरा जानु पर्ने बाध्यता समाधान गर्दै सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले पुर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरी क्याम्पस सञ्चालनमा ल्याउन लागेको अरुण गाउँपालिकाका अध्यक्ष शालीकराम खत्रीले बताए । उक्त क्याम्पस शारादा मा.वि मा सञ्चालन हुने भएको छ ।

क्याम्पस स्थापना गरी पठनपाठन गराउन शिक्षा प्रेमी, समाज सेवी तथा सर्वसाधारण जनताहरुको पहलमा क्याम्पस सन्चालन गर्न लागिउको हो । उक्त क्याम्पस सामुदायिक क्याम्पसको रुपमा गैर नाफामुलक ढंगले सञ्चालन हुने बताईएको छ । अरुण बहुमुखी क्याम्पसको शैक्षिक, प्रशासनिक तथा आर्थिक करोवारका लागी क्याम्पसले आफनो २०७९ विधान पनि जारी गरेकोे विद्यालयका
प्रध्यानध्यापक श्यामसुन्दर शाहले बताए ।

क्याम्पस स्थापनासंगै सञ्चालनका लागि गरिएको अन्त्तरक्रिया तथा छलफल कार्यक्रममा गाउँपालिका प्रमुख सालिकराम खत्रि, विद्यालया व्यवस्थापन अध्यक्ष नाराणप्रसाद खनाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख लगायत विभिन्न व्यक्तितवहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार