इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने

काठमाडौँ । ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।
बुधबार बत्तिस पुतली स्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाईदिएकी थिइन् । द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, लोकेश नेपालमा फाउन्डर गौतम धिमाल, मिडिया पर्सन कुबेर गिरी, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
गत बर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगीतामा टप २० मा पुग्न सफल उनी अहिले अमेरिकाको ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गदैछिन् ।
आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि उप्रेती नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । उप्रेतीलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ ।
उप्रेतीले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गरिन् ।
ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् । मिडियाको सिइयोमा प्रविन लाकौल रहेका छन् । मिस इको इन्टरनेशनलमा २०१५ देखि नेपालले प्रतिनिधित्व गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार