पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न थालियो

पोखरा । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पतालमा सनाखत गर्न थालिएको छ ।

विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्‍याएको छ ।

आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ । परिवारका सदस्य र आफन्तको शोकमा धेरै जना ब्याकुल देखिन्छन् । शवको सनाखत गरेका आफन्तहरु झनै शोकमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार