भनसुन र नातागोताका आधारमा काम हुँदैन : नवनियुक्त पर्यटनमन्त्री किराती

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहकमा देखिएको विकृति तथा विसंगतिलाई हटाएर गौरव गर्न लायक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन् । हवाई उडानलाइ व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उनले बताए ।

मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारे ।

ुम जहाजको ककपिटमा छु । एकैचोटी जहाज उडाउँदैनौँ । सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ । जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन, उनले भने । यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनको भनाइ छ ।

हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ । ुकाम गर्ने वातावरण बनाउनका लागि सबैभन्दा पहिलो सरसफाइ हुने भएकोले विमानस्थलदेखि सबै क्षेत्र अब सफा राख्न निर्देशनसमेत दिन चाहन्छु,ु उनले भने ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा नेकपा माओवादीको तर्फबाट भोजपुर( २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका किराती भोजपुरबाट २०७४ र २०७९ मा पनि दोहोरिए । माओवादी आन्दोलनका क्रममा करिब ९ वर्ष भूमिगत रहेका उनले २०६१ सालबाट २०६३ सालसम्म २३ महिना बन्दी जीवन बिताएका थिए । कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार