भोजपुरमा दर्ता नभई चलेका दुई क्रसर उद्योग बन्दा

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले दर्ता नभई चलेका दुई क्रसर उद्योग बन्दा गरेको छ । गृह मन्त्रालयले मापदण्ड विपरितका क्रसर बन्द गर्न प्रशासन कार्यलयलाई परिपत्र गरे पछि भोजपुरको अरुण गाउँपालिका वडा नं. ६ लेगुवा र भोजपुर नगरपालिका १२ पिखुवा खोलामा रहेको क्रसर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए ।

जिल्लामा ढुङ्गा, गिटी र बालुवा उत्खनन् विक्री तथा व्यावस्थापन २०७७ अनुसार दर्ता नभई संचालन गर्दै आएका थिए । क्रसर उद्योग दर्ताका लागि आवश्य प्रक्रिया पहाडि जिल्लामा पुरा गर्न सक्ने सम्भावना नभएपछि दुई वटै उद्योग योजना वेसमा चलाउदै आएको क्रसर संचालकहरु बताएछन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुले नियम अनसुसार दर्ता र नविकरण गरेका क्रसरलाई मात्र संचालन गर्न दिने बताएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सम्बन्धित निकायले सोमवार क्रसर उद्योगमा अनुगमन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार