महिला कान्तिपुरकर्मी पाख्रीन सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका कान्तिपुरकर्मी महिला पत्रकार सम्मानित भएकी छन् । तामाङ महिला विकास केन्द्रले २८५९ औ सोनम ल्होछारको अवसरमा कान्तिपुर टेलिभिजनका जिल्ला सम्वाददाता कमला पाख्रीनलाई सम्मान गरेको हो ।

विगत ९ वर्षादेखि पत्रकारिता क्षेत्रमा संलग्न रही समाजमा रहेका हरेक प्रकार विकृति एवंम विसंगतीलाई निर्मुल पार्नका लागि अहोरत्र भई समाज विकासमा उदाहरणीय कार्य गरेकोकाले सम्मान गरेको केन्द्रका अध्यक्ष शान्ति तामाङले बताए ।

आगमी दिनमा महिलाको सवालमा कलम चलाउन पनि पाख्रीनलाई सुझाब दिएका छन् । तामाङ जातिभित्रको महिलाको प्रतिनिधित्व गरेको भन्दै अझ सशक्त सशक्तरुपमा पत्रकारीतालाई अगाडी बढाउन कार्यक्रमका प्रमुख अतिथि सिता थापाले शुभकामना दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार