भोजपुरमा समृद्धिले एक हजार ४३ जनालाई दियो वित्तिय शिक्षा एवंम व्यावसायिक तालिम

भोजपुर । भोजपुरमा नेपाल सरकार, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिले एक हजार ४३ जनालाई वित्तिय शिक्षा एवंम व्यावसायिक तालिम गराएकोे छ ।

भोजपुर नगरपालिकाको वैठक कक्षमा भएको वित्तीय शिक्षा एवंम व्यावसायिक ज्ञान स्वामित्व ग्रहण कार्यक्रमा ४ साझेदारी सहकारीलाई ४१ वटा तालिममा एक हजार ४३ जनालाई तालिम दिएको ग्रामिण उद्यम तथा विप्रेशण आयोजना भोजपुरका संयोजक गणेश तिमल्सीनाले बताए ।

तालिमको मद्दतले वचत गर्ने बानिको विकाससंग विप्रेषण र ऋणको सदुपयोग, परिवारिक बजेट, समूहको महत्व, व्यवसायको योजना लगायतका विषयमा समुदायमा सचेतना जगाउन बुझ्न बुझाउन सहज भएको सहकारीहरुका सदस्यहरुले बताएका छन् ।

समृद्धिले आयोजना गरेको कार्यक्रममा आबद्ध सहकारी संस्थाका अध्यक्षहरू तथा सम्बद्ध वित्तीय शिक्षा तालिमका सहजकर्ताहरुले उक्त तालिमवाट व्यक्तिगत जीवनका अलावा सहकारीको क्षमता विकासमा सकारात्मक प्रभाव परेको बताएका छन् ।

समृद्धि कार्यक्रमले कृषि तथा गैर कृषि क्षेत्रमा आय आर्जनका लागि गरिने कार्यक्रमको व्यावसायिककरण गर्दै ग्रमिण तथा साना उद्योगहरु सृजना गरी ग्रामिण क्षेत्रका वेराजगार युवा, वैदेशिक रोजगारबाट फर्किएका व्याक्तिलाई आयको दिगो स्रोत बनाउने उदेश्यका साथ काम गरिरहेको बताईएको छ ।

कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नगरपालिकाका वडा अध्यक्षहरु, नगरपालिकाका सम्वन्धित शाखा प्रमुख सरकारीका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार