भोजपुरमा मुन्दुम पद मार्गको प्रवर्द्धनका लागि फागुन २७ गते ट्रेल रेस हुने

भोजपुर । भोजपुरको पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ फागुन २७ गते पाँचौ ट्रेल रेस हुने भएको छ । मुन्दुम पदमार्गको प्रवर्द्धन संगै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले पाँचौ मुन्दुम ट्रेल रेस २०७९ हुन लागको रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीका अध्यक्ष पावीहाङ राईले बताएका छन् ।

रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीले विहिवार गरेको पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष राईले सरकारको १०० गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गलाई ट्रेल रेसको माध्यमबाट पनि प्रचार प्रसार गर्ने बताए ।

उक्त ट्रेल रेसमा ४० वर्ष माथिका र १६ वर्ष माथिका खेलाडिले सहभागी जनाउन सक्ने छन् । दौडमा पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई जनही ३५ हजार, दोश्रोलाई २५ हजार, तेश्रोलाई १५ हजार र सान्त्वनालाई ५÷५ हजार नगदसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै ४० वर्षभन्दा माथिको पुरुष तथा महिला दौडमा पहिलो हुनेले १० हजार, दोश्रोलाई ८ हजार र तेश्रोलाई ५ हजार नगद, मेडल, प्रमाणपत्र दिईनेछ आयोजकले जनाएको छ । वर्षेनी आयोजना गरिने ट्रेल दौडको लक्ष्य स्वस्थ खेलाडी उत्पादन र युवापुस्ता, बालबालिकालाई दुव्र्यसनीबाट टाढा राख्न सहयोग पु¥याउने रहेको बताईएको छ ।

दौडको लागि अनुमानित १० लाख बजेट आवश्यक पर्ने बताईएको छ । टेम्केमैयुङ गाउँपालिकाले ६ लाख बजेट छुट्याएको छ भने अन्य गाउँपालिकाहरु संग कुरा भई रहेको अध्यक्ष  राईले बताए ।

आन्तरिक र बाह्य पर्यटकको आगमनलाई विशेष ध्यानमा राख्दै पर्यटन प्रवर्द्धनलाई टेवा पुर्याउने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतको दावी छ । ट्रेल रेस भोजपुरको वाखखोरबाट सुरु भई तावाभञ्ज्याङमा सम्पम्म हुने छ ।

र यो भिडियो पनि हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार