भुजेल समाज सेवा जिल्ला समन्वय समिति भोजपुरको अध्यक्षमा लोक वहादुर भुजेल

भोजपुर । भुजेल समाज सेवा जिल्ला समन्वय समिति भोजपुरको अध्यक्षमा लोक बहादुर भुजेल सर्वसम्मत चयन भएका छन् । भोजपुरको जिल्ला सदरमुकाम स्थित आदिवासी जनजाती महासंघको सभाहलमा भएको चौथो अधिवेशनबाट लोक बहादुर भुजेलको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा सरस्वती भुजेल, आनन्द भुजेल, सचिवमा गोकुल भुजेल, सहसचिवमा राजु भुजेल, कोषाध्यक्षमा लक्ष्मण भुजेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यमा विष्णु कुमार भुजेल, भक्त बहादुर भुजेल, माया भुजेल, मन कुमार भुजेल, विष्णु कुमारी भुजेल, पवित्रा भुजेल, झनक भुजेल र राम बहादुर भुजेल चयन भएका छन् ।

त्यस्तै उक्त सम्मेलनबाट दिल कुमार भुजेलको संयोजकत्वमा ३ सदस्य सल्लाकार समिति गठन भएको छ । समितिको सदस्यमा गंगा भुजेल र शरण भुजेल चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार