भोजपुरमा लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डा संरक्षण गरिने

भोजपुर । भोजपुरमा लोपउन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) संरक्षण गरिने भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा सामुहिक अभियान भोजपुरले लोपउन्मुख अवस्थामा रहेका रेडपाण्डा टेम्केमैयुङ गाउँपालिका वडा नं. १ तिम्मा र सल्पासिलिछो गाउँपालिका वडा नं. ५ दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो सामुहिक अभियानका अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षमा उक्त क्षेत्रमा रहेका सामुदायिक बनहरुसंग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षणका लागि डिविजन वन कार्यालय भोजपुर र तिम्मा र दोभानेका सामुदायिक वनहरुसंग सहकार्य गरिने बताईएको छ। । आर्थिक वर्ष २०७९/८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि रेडपाण्डा नेटवर्कले अनुमानित २० देखि २५ लाख बजेट उपलब्ध गराउने रेडपाण्डा संरक्षण कार्यक्रमका अधिकृत कामना चौलागाईले बताइन् ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, संस्थाको व्यवस्थापन तथा उक्त क्षेत्रको दिगो जीविकोफार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने कार्यत्रममा जनाईएको छ । रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, निजी नर्सरीलाई सहयोग, विद्यालयहरुमा इको कल्व गठन गरी सचेतना मुलक कार्यक्रम गर्ने, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोग लगायतका गतिविधि सञ्चालन गरिने अधिकृत चौलागाईको भनाई छ ।

रेडपाण्डा संरक्षणका लागि सम्वन्धित निकायसंगको छलफmल तथा अन्तरक्रिया कार्यत्रममा जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङ राई, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्री, फष्ट राईफल गणका गणपति विश्वनाथ तिमल्सीना डिविजन वन कार्यालयका प्रमुख उद्धिम राई नागरकि समाज र पत्रकार महासंघका सचिव अर्जुन बस्नेतको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार