भोजपुरमा चट्याङबाट एकको मृत्यू एक घाईते

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १२ तिप्ले बस्ने वर्ष १३ को सरोज भुजेलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरत कुमार थापा क्षेत्रीले बताए ।

क्षेत्री अनुसार विहिवार ४ बजेको समयमा सामान्य हावाहुरी र बर्षातसँगै परेको चट्याङ्ले गम्भीर घाईते भएका स्थानिय नारायण भुजेलका छोरा सरोजलाई उपचारकालागि संखुवासभाको तुम्लींगटार स्थित मनकामना हस्पिटल लगिएको थियो । भुजेललाई मनाकामना अस्पताल पुर्याउदा अस्पताले मृत घोषणा गरेको हो ।

सोहि ठाउँमा बस्ने भक्त बहादुर भुजेलको छोरा वर्ष २५ को प्रदिप भुजेल घाईते भएका छन् ।घाईते भएका  भुजेललाई थप उपचारको लागि खादवारी लाने तयारी भएको बताइएको छ । उनको अवस्था भने समान्य रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार