भोजपुरमा पनि एमालेको मिसन ग्रासरूट कार्यक्रम सुरु

भोजपुर । भोजपुरमा पनि एमालेको मिसन ग्रास्रुट कार्यक्र सुरु भएको छ । पाटीको संगठनात्मक सुदृढ, गतिशिल र पार्टीको महादिवेशनबाट निर्देशित विचारहरुबाट स्पष्ट बनाएर पार्टीको लल्क्ष प्राप्तीको लागि ५१ जनमतको नेत्रित्व गर्ने गरी मिसन ग्रासरूट कार्यक्रम सुरु गरिएको नेकपा एमालेका स्थायी कमीटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतमले बताएका छन् ।

गौतमले शुक्रवार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले पार्टी निर्माण गर्ने अभियानमा पार्टीको सिंगो अध्यक्ष देखि सदस्य सम्म यो अभियानमा लागेको बताए ।

उक्त मिसन ग्रासरूट कार्यक्रममा प्रतिनिधीसभा सदस्य हेमराज राई, कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपाने, केन्द्रिय सदस्य पर्शु अधिकारी, हरी कुमार राई, टंक आङ्वोहाङ, किसोर अधिकारी लगायतको टोली भोजपुर आएको हो । उक्त अभियान प्रत्येक वडामा वैशाख ९ गते सम्म चल्ने नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार