प्रदेश नामाकरण प्रति किरात राई चाम्लिङ खाम्बातिमद्वारा भत्सना

भाेजपुर । किरात राई चाम्लिङ खाम्बातिम भाेजपुरले प्रदेश नामाकरण प्रति भत्सना जनाएकाेछ । किरात राई चाम्लिङ खाम्बातिमले शुक्रवार विज्ञप्ति जारिगर्दै भत्सना जनाएकाे हाे । किरात राई चाम्लिङ खाम्वातिम जिल्ला कार्य समिति भाेजपुरका अध्यक्ष धिरेन्द्र चाम्लिङद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा पहिचान सहितकाे ऐतिहासिक जनआन्दाेलनकाे वलमा भएकाे परिवर्तन संघिय लाेकतान्त्रिक गणतन्त्रमा कथित उच्च जातिहरुले आफ्नाे वहुलियता कायम राख्नका लागि पहिचानलाई नामेट पार्ने उद्देश्यले गरिएकाे नामाकरणकाे घाेर भत्सना गरिएकाे जनाईएकाेछ । विज्ञप्तिमा भनिएकाेछ “याे राज्यले जहिले यस्ताे तरिकाले उत्पिडित समुदायलाई व्यवहार गर्ने हाे भने यसकाे निश्चय पनि भविस्यमा याे सरकार र यसकाे ठेकेदारहरुले ठुलाे मूल्य चुकाउनुपर्ने उलल्ख गरिएकाेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार