एशियन लाईफ इन्स्योरेन्स भोजपुरले गर्यो वहिरा आवासीय विद्यालयलाई खाद्यन्न वितरण

भोजपुर । एशियन लाईफ इन्स्योरेन्स जिल्ला शाखा भोजपुरले आफ्नो १५ औँ जन्मोत्शवको अवसरमा वहिरा आवासीय विद्यालयलाई खाद्यन्न वितरण गरेको छ ।

कम्पनीको सामाजिक दायित्व अनुसार यो वर्ष चामल, नुन तेल, दाल लगायतका खाद्यन्न सामग्री वितरण गरिएको एशियन लाईफ इन्स्योरेन्स् शाखा कार्यालय भोजपुरका शाखा प्रमुख राजन राईले बताए ।

यस शाखा कार्यालयले अघिल्लो बर्ष भोजपुरको टक्सारमा रहेको सुस्तमनस्थितीका विद्याथीहरुलाई वितरण गरेका राईले बताए ।

वहिरा आवासीय विद्यालयलाई मंगलबार १० हजार वरावरको खाद्यन्न एशियन लाईफ इन्स्योरेन्सका विजिनेश म्यानेजर सहितको टोलीले विद्यालयलाई वितरण गरेको एशियन लाईफ इन्स्योरेन्स् शाखा कार्यालय भोजपुरका कर्मचारी मनकुमारी राईले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार