रास्वपा सांसद श्रेष्ठले मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा जोडिएका छन् । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ । उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ ।

रास्वपाका महामन्त्री डा। मुकुल ढकालले अडियो आफूले पनि सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताएका छन् । अडियो सुनेका छौं । यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दैछ । यो विषयमा पार्टीको अनुशासन समितिलाई ७ दिनको समय दिएर छानबिन प्रतिवेदन तयार गर्ने जिम्मेवारी हुन्छ,उनले भने, सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिँदैछ । कानुनी रूपमा पनि निर्णय गर्नुपर्छ । केन्द्रीय समितिले निर्णय नगरेसम्म उहाँलाई सांसद र पार्टी सदस्यका रूपमा काम गर्न रोक लगाउँछौं ।

ुकपुरबोट टीभीु ले सार्वजनिक गरेको अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।

प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार