जिल्ला अस्तपताल संगै स्वास्थ्य संस्थाहरुलाई स्वस्थ्य सामग्री हस्तान्तरण गर्दै कार्की

भोजपुर । जिल्ला अस्पताल भोजपुर र भोजपुर नगरपालिका भित्रका वडामा रहेका स्वास्थ्य संस्था टक्सार दुम्सीकामा स्वास्थ्य समग्री हस्ताणतरण गरिएको छ । नेपाली कांग्रेस भोजपुरका जिल्ला कार्य समिति भोजपुरका सचिव चक्रबहादुर कार्कीको पहलमा जिल्ला अस्पतालका लागि दुई थान अक्सिजन कन्सनट्रेटर, दुई हजार थान सर्जिकल मास्क, एक सय ५० थान गाउन, १० थान पल्स अक्सोमिटर शनीवार जिल्ला अस्पताल भोजपुरलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला अस्पतालका लागि आएका सामग्री अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राई, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र प्रहरी नायव उपरिक्षक शरत बहादुर थापा क्षेत्रीको उपस्थितिमा कार्कीले जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई हस्तान्तरण गरेका हुन् ।

यस्तै भोजपुर नगरपालिका १२, टक्सारमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर दुई थान, गाउन सेट २० थान, सिटामोल पाँच सय थान, मास्क एक हजार थान र भोजपुर नगरपालिका ८ मा रहेको स्वास्थ्य संस्थालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, सिटामोल दुई हजार थान, गाउन २० थान हस्तान्तरण गरिएको चक्रबहादुर कार्कीले बताए ।

कार्कीले भोजपुर नगरपालिका ३, गुप्तेश्वरमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, पल्स अक्सोमिटर दुई थान, फेटोस्कोप एक थान र वडा नं १० भैसीपैखामा १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, मास्क एक हजार थान, सिटामोल पाँच हजार थानलगायत सामग्री हस्तान्तरण गर्ने जानकारी दिए ।

भोजपुरवासीको स्वास्थ्य सेवालाई प्रत्यक्ष लाभ हुने खालका प्रभावकारी स्वास्थ्य सामग्री जिल्ला अस्पताल भोजपुर र अन्य चार स्वास्थ्य संस्थालाई गरी ४० लाख बराबरको उपकरण आफ्नो पहलमा ल्याई सामग्री हस्तान्तरण गरिएको चक्र बहादुर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार